कस्तो अनौठो संस्कार, जँहा पत्नीलाई पतिको जुत्ताको पानी खुवाइन्छ
- असार २९, २०७५
- 0

यो संसारमा यस्तो संस्कार छ, जहा महिलाहरुले नचाइने संस्कार मानेर पीडा खेपीहरेका छन् । भारतको राजस्थानस्थित भिलवाँडा गाउँमा गाउँमा महिलाहरुलाई उनीहरुको लोग्नेको जुत्ताको पानी खुवाइन्छ ।
गाउँमा रहेको एक मन्दिरमा महिलाहरुलाई आफ्नो लोग्नेको जुत्तामा पानी भरेर खादा शौभाग्य प्राप्त हुने र महिलाको शरिरबाट भुत उत्रने बिश्वासले यो प्रथा रहेको छ ।
ती महिलाहरुलाई शरिरमा भुत पसेको आशंका भएपछि उनीहरुका लोग्नेसँगै मन्दिरमा लगेर लोग्नेले आफ्नो खुट्टाको जुत्ता फुकाल्छन् ।
त्यसपछि भूत भगाउने तान्त्रिकले हातमा उक्त जुत्ता लिएर भूत लागेको भनिएकी महिलाको जिउमा क्रूर ढंगले जुत्ताले कुट्दछन् । त्यसपछि महिलालाई उक्त जुत्ता मुखले टोकेर गाउँ घुम्न लगाइन्छ र अन्त्यमा उक्त जुत्तामा पानी भरेर पिउन लगाइन्छ ।
एजेन्सी