गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण, ५ सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णय
- रोजगारमञ्च
- जेष्ठ ७, २०८२
- 0
नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् ।
बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा ५ सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरेका छन् ।
पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए ।
गभर्नर पौडेल नेपालको १८औं गभर्नरका रूपमा केन्द्रीय बैंकको कार्यालय पुगेका हुन् । उनलाई गभर्नर सिफारिस समितिको सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










