जब हेस्रा नेपालले खाद्यान्न बाड्यो, उनीहरु मनबाटै हाँसे….

news-details

कसैको मन कति बेला हाँस्छ ? जब उसले मनबाट चाहेको कुरा पुरा हुन्छ तब उँ बास्तबमा मनबाटै प्रफूल्ल पनि देखिन्छ । हो, यस्तै कोरोनाबाट भोकमरीको चपेटामा परेका यस्ता नागरिकहरुको हातमा र थाप्लोमा खाद्यान्नको बोरा थमाएपछि यस्तै खुशी छचल्कीएको छ ।

हातको झोलामा तरकारी, दाल, नुन, तेल र कोरोनाबाट बच्नकोलागि सुरक्षा सामाग्री थमाईएको थियो भने थाप्लोमा चामलको बोरा । जो यसरी लिएर घर जान पाउँदा निकै खुशी देखिन्थे । घर आगनमा खाद्यान्नका बोरैबोरा राखिएको छ र गाउँका प्रत्येक परिवारलाई कोभिडबाट बच्ने उपायसहिको चेतमूलक जानकारीसहित खाद्यान्न बितरण गरीएको छ ।

बृद्धबृद्धा लौरो टेकर भएपनि आएका छन र बालबालिकापनि संगै खाद्यान्न लिन आएका छन् । सरकारले भोकमरीबाट कोहि मर्नु पर्देन भनी रहेको छ । तर, यी झापा, सिरहा, रौतहट, सर्लाहिका नागरिकहरुभने कोरोनाका कारण भोकमरीबाट तडपी रहेका छन् । बिडम्बना भन्नु नै पर्छ सरकार भाषण गर्छ र यस्ता नागरिकहरुको भोक मेटाउने कामचाहिँ बिभिन्न संघसंस्थाहरुले गरी रहनु परेको छ ।

हेल्पिङ हेन्ड नेपाल र स्वास्थ्य सेवा तथा उद्धार संघ (हेस्रा) नेपालले अहिले कोरोनाबाट प्रताडित ग्रामिण क्षेत्रका नागरिकहरुको घर–घरमा पुगेर यसरी खद्यान्न र सुरक्षा सामाग्री बितरण गरी रहेको छ । बिहान बेलुकी चुल्हो बाल्न समस्यामा परेका यस्ता नागरिकहरुकालागि यसरी घरढोकैमा खाद्यान्न पुग्नु यो भन्दो खुशी अरु के हुन सक्छ ?

भोक भन्दा ठूलो केहि हुन्न भने झै भोकले अत्तालिएका यस्ता नागरिकहरुले केहि महिना भए पनि यसो राहतको महशुस गर्न पाएका छन् । भोकले छट्पटीएको बेला यसरी झोला र बोराभरी खाद्यान्न पाउँदा कस्को पो मन न हाँस्ला र ? हो यस्तै हाँसो देखिएको छ बालबालिका, बृद्धबृद्धाहरुमासमेत ।

सिरहाका भोजराज यादबको मन पनि यति बेला प्रफूल्ल देखिन्छ । किनभने भोजराजको भोकपनि यहि बोरासंगै मेटीने भएको छ । आफूसंगै घरमा भएका लालाबालालाई खुशी राख्न पाउँदा उनी पनि प्रफूल्लनै देखिन्छन् । त्यसैगरी सुरीला मन्सुर, बिभिता खातुनलगायतको मन पनि यादबको भन्दा कम हाँसेको छैन् ।

हेस्रा नेपालका कार्यकारी निर्देशक जिया खानले अनिकालमा बाँच्न यहाँको पिछडिएको बस्तिका बासिन्दाको पिडामा मलम लगाउनको लािग केहि भए पनि सहयोग गरेको बताउनुभयो । कोरोना र लामो लकडाउनका कारण सर्वसाधरणको घरमा चूल्हो बल्न नसक्ने अवस्था आएको भन्दै सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

संस्थाले यस्ता दुर्गम क्षेत्रका बासिन्दाको घरदैलोमै खाद्यान्न र सुरक्षा सामाग्री बितरण गर्दे आएको छ । सर्लाहिको मनोर गाउँपालिकाका मजहर मुसहरले ऋण खोजेर जेनतेन चाडपर्व त माने तर, अहिले काम नहुँदा त्यसै भौतारीनु परेको छ । काम नपाएपछि अन्नको गेडो घरमा छैन भने काम नपाउँदा आर्थिक समस्या छ ।

यस्तो बेला खाद्यान्न बोकेर घर जान पाउँदाको उन्को खुशी बेग्लै छ । बर्षको ६ महिना पनि ज्यालादारी गरेर हातमुख जोड्न हम्मे हम्मे पर्ने भएको भन्दै उन्ले आफ्ना सन्तानलाई पेटभरी खान दिन नसकेको पनि धेरै भयो । तर, आज भने उनी खुशी देखिन्छन् । राहत स्वरुप खाद्यान्न, कपडा र कोरोना माहामारीबाट बच्नको लागि प्रयोग गरीने स्वास्थ्य सामाग्री सेनटिाईजर र मास्क घर घरमा पुगेपछि उनीहरुको मन ढुक्क देखिन्छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *