‘सम्पदा गार्डेन’को मनमोहकता : ‘हलुईबेद, अमला र अम्बा’ आफै टिपेर खान पाइने

news-details

काठमाडौं / तपाँई यतिबेला काठमाडौको कोलाहलमा हुनुहुन्छ ? अनि तपाँईको मनले शान्त र आरामको खोजी गरी रहेको छ ? तर, तपाईले त्यस्तो शान्त र आरामदायी ठाँउको मेसो पाउँन सक्नु भएको छैन ? अहिले राजधानीमै त्यस्तो आरामदायी र शान्त ठाउँको महुशुस दिलाउन काठमाडौंको लाजिम्पाटस्थित सम्पदा गार्डेन होटल काफी छ ।

लाजिम्पाटको एभरेष्ट बैंकको अपोजिटमा तपाँईले गार्डेनसहितको मनोरम सम्पदा गार्डेन पुगेर असिम आनन्द लिन पाउनुहुने छ । सडक नजिकै भएर पनि तपाँईलाई कोलाहलको कुनै महसुश नै हुदैन । तपाँइलाई आनन्दसहितको शान्ति महसुश हुने छ । गार्डेनमा बसेर तातो कफि, चिया वा चिसो पिउने र खाँजामा के खाने ? तपाँईको रोजाई अनुसार खानाका परिकार उपलब्ध हुने छ ।

फराकीलो गार्डेन नजिकै गाडि र मोटरसाईकलको राम्रो पार्किङको प्रवन्ध छ । गार्डेनमा तपाँई हरियालीमा रमाउन त सक्नु हुन्छ नै त्यसका अलबा यसरी पयलपुर पाकेका लटरम्ब अम्वा आफै टिपेर पनि खान सक्नुहुने छ । अम्बाको बोटमा अम्बा ठुङ्न आएका चराको चिरिबिरी आवाजसंगै चराको लुकामारीले थप तपाँईलाई रोमाञ्चक त बनाउछ नै । त्यसै गरी भिटामीन सी भनेर चिनिने लटरम्ब फलेका अमलाले तपाँईको ध्यान आफूतिर खिचिरहेको हुन्छ ।

तपाइले अर्डर गरेको खानाको परिकार आउञ्जेल अल्छी नमानी अमलाको रुखमा चढेर अमला टिपेर अमलाको स्वाद चाख्न पाउनु हुनेछ । त्यसैगरी हलुवीबेदले पनि यस सम्पदा गार्डेनको शोभा बडाएको छ । पयलपुर पाकेका हलुईबेद खान आएका लोखर्केहरु हलुईबेदको बोटमा तल–माथि गरिरहेको दृष्यमा तपाईका आँखा टोलाईरहेका हुन्छन् । अनि झट्टारो हानेर हलुईबेद झार्न पाउँदा त झनै आनन्दको महसुह गर्न सकिन्छ ।

धुलो धुवाँबाट मुक्ति पाउन र मनलाई एकछिन भए पनि शान्त ठाउँमा बहलाउन युवायुवतीहरु र परिवारका सदस्यहरु यहाँ पुग्ने गर्छन । तपाँईले खानपिनको लागि अन्यत्रको भन्दा सस्तो मेनु यहाँ पाउनु हुने छ भने खानाका नयाँ–नयाँ परिकारको पनि स्वाद चाख्न पाउनु हुनेछ ।

गार्डेनमा बसेर हरियाली अवलोकन गर्ने हो की भित्र बसेर भलाकुसारी गर्ने हो रोजाई तपाँइमा भर पर्छ । सम्पदा गार्डेनका सञ्चालक कुमार अधिकारी यहाँ आउने ग्राहकले खल्लो महुसुश गर्न नपर्ने बताउनुहुन्छ । आफ्नो ब्यस्त समयका बाबजुद थकान महसुश गरेर आएका धेरै ग्राहकहरु यहाँबाट भरपुर सन्तुष्टि लिएर फर्किने गरेका उहाँको भनाई छ ।

पासाङ शेर्पा, अशोक केसी, धनबहादुर गरुङ र चोलेन्द्र कार्की जस्ता युवा पर्यटन व्यवसायीहरुले सञ्चालन गरेको यो गार्डेन बिदेशीहरुको पनि रोजाईमा परेको छ । त्यसो त सम्पदा गार्डेन होटलमा बस्नको लागि स्वदेशी तथा बिदेशी पाहुँनाको लागि गुणस्तरीय सुविधा पनि छ ।

शान्त वातावरण भएकाले यहाँ बस्न आउन रुचाउनेको संख्या पनि बढ्दै गएको सञ्चालक पासाङ शेर्पा बताउनुहुन्छ । यस गार्डेनमा कुनै पनि संस्था वा बिभिन्न कार्यक्रम गर्नको लागि उचित प्रबन्धसहितको हलको पनि व्यवस्था छ । त्यसैले तपाँई पनि एक पटक परिवारसहित पुग्न नभुल्नु होला । त्यसपछिको रोजाई भने तपाँईकै हुने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *