‘लप्सी गार्डेन’मा ‘लप्सी टिप्दै जुस पिउँदै’ …

news-details

तपाँईलाई लाग्न सक्छ, कस्तो झुक्याउने शिर्षक ? तर, शिर्षक झुक्याउने हैन । यथार्थता हो यो । काठमाडौंमा कहाँ लप्सी पाउँनु ? सबैको मनमा यस्तै प्रश्न आउँछ ? तर, काठमाडौको पानीपोखरीस्थित जापानीज दुतावास पछाडि पट्टीको लप्सी गार्डेन पुग्नु भयो भने तपाँईलाई नपत्याई सुखै छैन् ।

लप्सी गार्डेन नाम राखेर खोलिएको त्यस रेष्टुराँ वरीपरि लटरम्म फलेका लप्सीका ठुलठुला हरीयाली रुख देख्न पाइन्छ । हरियाली लप्सीका रुखको बीच सौन्दर्यमा रेष्टुराँ छ । तपाँईको मनले शान्त र आरामको खोजी गरी रहेको छ भने धित मार्न यस ठाउँले सहयोग गर्छ । लप्सीको रुखमा चरीबीरी गर्दे वल्लो रुख र पल्लो रुख, ओल्लो हाँङ्गो र पल्लो हाँङ्गो गर्दे उड्ने चरा र चराको चीरीवीरी आवाजले सबैलाई मन्त्रमुग्ध बनाउछ ।

सडक नजिकै भएर पनि तपाँईले त्यस्तो कुनै कोलाहल महसुश गर्न पाउनु हुने छैन् । तपाँइलाई आनन्दसहितको शान्ति महसुश हुने छ । गार्डेनमा बसेर तातो कफि, चिया वा चिसो पिउने र खाँजामा के खाने ? तपाँईको रोजाई अनुसार खानाका परिकार उपलब्ध हुने छ । फराकिलो गार्डेन नजिकै गाडि र मोटर साईकलको राम्रो पार्किङग्को प्रवन्ध छ ।

गार्डेनमा तपाँई हरियालीमा रमाउन त सक्नु हुन्छ नै त्यसका अलबा लटरम्म फलेका लप्सी टिप्दै तपाँईले रेष्टुराँमा लप्सीको जुस पिउन सक्नु हुनेछ । लाभदायक लटरम्म फलेका लप्सीका बोट र दानामा तपाँइका आँखा जान्छ नै, बोटमा तलदेखि माथिसम्म नाच्ने चराको लुकामारीले थप तपाँईलाई रोमाञ्चक त बनाउछ नै । त्यसैगरी लप्सीका रुखले पनि यस गार्डेनको शोभा बडाएको छ ।

झट्टारो हानेर लप्सी झार्न पाउँदा त झनै आनन्दको महशुस गर्न सकिन्छ । धुलो धुवाँबाट मुक्ति पाउन र मनलाई एकछिन भए पनि शान्त ठाउँमा बहलाउन युवायुवतीहरु र परिवारका सदस्यहरु यहाँ पुग्ने गर्छन ।

तपाँईले खानपिनको लागि अन्यत्रको भन्दा सस्तो मेनु यहाँ पाउनु हुने छ भने खानाका नयाँ नयाँ परिकारको पनि स्वाद चाख्न पाउनु हुनेछ । गार्डेनमा बसेर हरियालीको अवलोकन गर्ने हो की भित्र बसेर भलाकुसारी गर्ने हो रोजाई तपाँइको । लप्सी गार्डेनका सञ्चालक कैलाश कटुवाल यहाँ आउने ग्राहकले खल्लो महुसुश गर्न नपर्ने बताउनुहुन्छ ।

आफ्नो ब्यस्त समयका बाबजुद थकान महसुश गरेर आएका धेरै ग्राहकहरु यहाँबाट भरपुर सन्तुष्टि लिएर फर्किने गरेको उहाँको भनाई छ । दुई दशक भन्दा बढी अमेरीकामा बसेर नेपालमै केहि गर्ने सोचले नेपाल फर्कीनुभएका कटुवालको लप्सी गार्डेन नमुना गार्डेन हो । काठमाडौमा जाडो बढ्दै गर्दा पारीलो घाम ताप्दै चियाको चुस्कि लगाउने या कफि पिउने कल्पना यहाँ पुगेपछि पुरा हुन्छ ।

शान्त वातावरण भएकाले यहाँ बस्न आउन रुचाउनेको संख्या पनि बढ्दै गएको सञ्चालक कटुवाल बताउनु हुन्छ । यस गार्डेनमा कुनै पनि कार्यक्रम गर्नको लागि उचित प्रबन्धसहितको हलको पनि व्यवस्था छ । काठमाडौमै नमुनाको रुपमा खोलीएको यस लप्सी गार्डेनमा तपाईको इच्छा अनुसार आयुर्वेदिक मसाज, स्टीम वाथ, साउनाको उच्चस्तरीय सुविधा छ ।

मुख्य कुरा त यहाँ पुगेपछि लोकल उत्पादनका परिकारहरुमा तपाँई रमाउन सक्नुहुनेछ भने तपाँईलाई लप्सी गार्डेमा गिलासभरिको लप्सीको जुसले पहिलो स्वागत गरीने छ । लप्सीको गुलीयो अचार कम स्वादीलो हुदैन । अन्य रुपमा लप्सीको फाईदै फाईदा छन् । त्यसैले तपाँई पनि एक पटक भए पनि परिवारसहित पुग्न नभुल्नु होला । त्यसपछिको रोजाई भने तपाँईकै हुने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *