एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई समर्थकहरुको अविरजात्रा, सपथ ग्रहण आजै हुदै (फोटो फिचर)

news-details

गैरआवासीय नेपाली संघको नवौ विश्वसम्मेलन तथा महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिको शुक्रवार (आज) साँझ सपथ तथा समापन कार्यक्रम हुने भएको छ । शुक्रवार दिउँसो सन् २०१९–०२१ कार्यकालका लागि कुमार पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएपछि एनआरएन कार्यालय बालुवाटारमा उनीहरुको सपथ ग्रहण हुन लागेको हो ।

पन्तको नेतृत्वमा आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । नेतृत्वका लागि विहिबार भएको निर्वाचनमा निकटतम प्रतिष्पर्धी कुल आचार्यलाई पराजित गर्दै पन्त अध्यक्षमा विजयी भएका हुन ।

शुक्रबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार चार उपाध्यक्षमा डा. बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनाम लामा र मन केसी विजयी भए भने महिला उपाध्यक्षमा रविना थापा निर्वाचित भइन् ।

यस्तै महासचिवमा डा. हेमराज शर्मा, सचिवमा आरके शर्मा र गौरी जोशी, कोषाध्यक्षमा महेश श्रेष्ठ तथा सहकोषाध्यक्षमा लोक दाहाल विजयी भए । यस्तै युवा संयोजकमा हिमाल गुरुङ र महिला संयोजकमा भोमा लिम्बु विजयी भइन ।

यसअघि बुधबार नै निर्वाचन कार्यतालिका सार्वजनिक भएपनि विद्युतिय भोटिङ मेशिनमा खरावी आएपछि विहिबार मतपत्रद्धारा मतदान सम्पन्न भएको थियो । निर्वाचनमा कुल २ हजार ५ सय ७० मतदाता रहेकोमा २ हजार ३ सय ४० मत खसेको थियो ।

निर्वाचित भएपछि अध्यक्ष पन्तले मतदातालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सबै एनआरएन एक भएर अगाडि बढ्ने बताए । एनआरएनका आजका गल्तिलाई भोलिका दिनमा सच्याउँदै थप उचाईमा पु¥याउने पन्तको भनाई छ ।

उता १ सय ४७ मतान्तरले पराजय भोगेका आचार्यले निर्वाचनताका केही अनियमितता भएपनि मत परिणामलाई स्वीकार गर्दै एनआरएन अभियानमा निरन्तर लागिरहने बताएका छन् ।

एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी, सचिवमा मध्यपूर्वबाट शर्माले मारे बाजी (सम्पूर्ण मतपरिणामसहित)

हेर्नुहोस तस्बिरमा

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *