धर्नामा बसेका ३ दर्जन चिकित्सक पक्राउ 

हिरासतमै पुन: धर्ना सुरु
news-details

आमरण अनसनरत डा गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि बालुवाटारसम्मको शान्तिपूर्ण पदयात्राको तयारी गरिरहेका चिकित्सक तथा विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट निकालिन लागिएको र्‍यालीमा प्रहरीले अवरोध गरी सुरु नै गर्न नदिएपछि विद्यार्थी र चिकित्सकहरुहरु अस्पतालको मुलगेटमै धर्ना र नाराबाजीमा उत्रिएका थिए । सो क्रममा ३ दर्जन चिकित्सक तथा विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ भने उनीहरु पुलिस क्लबभित्रै धर्नामा बसेका छन् ।

धर्ना तथा नाराबाजीका कारण त्रिवि शिक्षण अस्पताल अगाडिको बाटोमा यातायात आवागमन केहीबेर ठप्प भएको थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *