बानेश्वरमा तनाब : तरुण दल र प्रहरीबीच झडप

news-details

सरकारविरुद्ध सडकमा उत्रिएको प्रमुख विपक्षी कांग्रेसका कार्यकर्ता र प्रहरीबीच नयाँबानेश्वरमा झडप हुदा दुई डीएसपीसहित ११ प्रहरी र तरुण दलका अध्यक्ष जीतजंगबस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् ।

तरुण दलको आहृवानमा प्रदर्शन गरेको कांग्रेसले माइतीघर मण्डलाबाट सुरु गरेको प्रदर्शन विजुलीबजार हुदै निशेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरी र प्रर्दशनबारीबीच झडप भएको थियो ।

बानेश्वरको एकातिर डा. गोविन्द केसीका समर्थकहरुको सभा चलिरहेको थियो भने अर्कोतिर कांग्रेसले निषेधाज्ञा तोड्न खोजिरहेको थियो । झडपमा कांग्रेस कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेको थियो भने प्रहरीले अश्रुग्यासका साथै लाठी प्रहार गर्दै प्रदर्शनकारीलाई तितरबितर बनाएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *