वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी र महासचिवमा भूर्तेल बिजयी

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी बिजयी भएका छन । संघको २९ औ साधारणसभा पश्चात भएको निर्वाचनमा अन्य तिन प्रतिष्पर्धीलाई पछि पार्दै भण्डारी बिजयी भएका हुन ।

भण्डारीले १९९ मत ल्याउदा अध्यक्षका अन्य प्रत्याशीहरु भुवनसिं गुरुङले १५७, कुमुद खनालले १३१ र इश्वर जिसीले १२८ मत प्राप्त गरेका छन ।

यस्तै प्रथम उपाध्यक्षमा डिक बहादुर खत्री (कुमार), द्धितिय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतिय उपाध्यक्षमा रोशन कटुवाल, महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल र कोषाध्यक्षमा सरिता घले बिजयी भए ।

सदस्यहरुमा कैलास पाठक, चन्द्र बहादुर लिम्बु, तोरन कार्की, वैकुण्ठ प्रसाद पौडेल (वैभव), राजेन्द्र बस्नेत, देउमान नेम्वाङ, आनन्द कोइराला, देवमाया थापा, नारायण भुसाल र बिक्रम श्रेष्ठ बिजयी भएका छन ।

चारवटा छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा गएका समूहमा एमाले समर्थित प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चकोतर्फबाट निर्वाचनमा गएको भण्डारी समूहले ५ पदाधिकारिसहित ४ सदस्यमा जित निकालेको छ । संघमा ७ पदाधिकारी र १० सदस्यसहित कुल १७ पदका लागि निर्वाचन भएको थियो ।

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

One thought on “वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी र महासचिवमा भूर्तेल बिजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *