श्रम स्वीकृतिमा ‘नो अब्जेक्शन लेटर’को सट्टा प्रतिवद्धतापत्र

news-details

वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि ‘नो अब्जेक्शन लेटर’ अनिवार्य पेश गुर्न पर्ने निर्णयलाई केही खुकुलो बनाएको छ । विभागले ‘नो अब्जेक्शन लेटर’को सट्टा प्रतिवद्धतापत्र पेश गरे श्रमस्वीकृति दिने भएको छ ।

रोजगारदाता कम्पनीले कामदार लिने र सम्झौता अनुसारको सेवा सुबिधा दिने प्रतिवद्धतापत्र बनाई नेपाली दूतावास र वैदेशिक रोजगार बिभागमा इमेल गरेमा श्रम स्वीकृति दिने भएको हो ।

विभाग र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ वीच शुक्रवार भएको छलफलपछि विभागले उक्त सहमति जनाएको संघका महासचिव सुजित कुमार श्रेष्ठले जानकारी दिए ।

संघले व्यवसायी माझ जारी गरेको सूचनामा भनिएको छ–‘ रोजगारदाताले कामदार लिने र सम्झौता अनुसारको सेवा सुबिधा दिने पत्र बनाई दूतावास र वैदेशिक रोजगार बिभागमा इमेल गरेमा श्रम स्वीकृति दिने सहमति भएकोले सोही अनुसार गर्नु हुन सुचित गरिन्छ ।’

यसअघि नयाँ कामदारका लागि श्रम स्वीकृति खुल्लागर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि वैदेशिक रोजगार विभागले गत बुधबार पूर्व तथा अन्तिम श्रम स्वीकृतिको लागि फाइल पेश गर्दा रोजगारदाताबाट हालै जारी भई नेपाली दुतावासबाट प्रमाणिकरण भएको सहमतिपत्र ( नो अब्जेक्सन लेटर) समेत अनिवार्य पेश गर्नु पर्ने सूचना जारी गरेको थियो ।

विभागले फागुन २९ गते अघि नै नेपाली दुतावासबाट प्रमाणिकरण भई आएर पूर्व स्वीकृती लिएका तर अन्तिम श्रम स्वीकृती लिन वाँकी रहेका, पूर्व स्वीकृति लिने प्रकृयाका लागि पेश भएका मागगपत्रमा करार अनुसार सेवा सुविधा दिने नेपाली दुतावासले प्रमाािणकरण गरेको नो अब्जेक्सन लेटर अनिवार्य रुपमा समावेश गर्नुपर्ने उल्लेख गरेको थियो ।

वैदेशिक रोजगार व्यवसायीहरुले श्रम स्वीकृतीका लागि सहमति पत्र (नो अब्जेक्सन लेटर) अनिवार्य गर्ने सरकारी निर्णय कोरोनाको संक्रमणको कारणले झन्झटिलो र खर्चिलो बनाइ लागत बढाउने भन्दै विरोध जनाएका थिए । नयाँ व्यक्तिगत श्रमस्वीकृतीका हकमा भने कार्यालयले छुट्टै व्यवस्था गरेको छ । जस अनुसार गन्तव्य मुलुकको सम्वन्धित रोजगारदाताको आधिकारीक ईमेलमार्फत हालै जारी गरिएको नो अब्जेक्सन लेटर वैदेशिक रोजगार कार्यालय ताहाचलको आधिकारिक इमेलमा प्राप्त भएको हुनुपर्ने व्यवस्था गरेको छ ।

कोभिड १९ बाट सबैभन्दा प्रभावित वैदेशिक रोजगारको क्षेत्र अहिले संकटमा छ । श्रम स्वीकृति खुल्ला र अन्तर्राष्ट्रिय उडान शुरु भएता पनि वैदेशिक रोजगार व्यवसाय संचालनमा आउन सकेको छैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *