अवैध आप्रवासीलाई घर फर्कन मलेसियाले दियो मौका, नफर्कनेलाई कडा कारवाही गर्ने चेतावनी

news-details

मलेसिया सरकारले आफ्नो मुलुकमा अवैध हैसियदमा काम गरिरहेका आप्रवासी कामदारलाई घर फर्कनका लागि आममाफि कार्यक्रम घोषणा गरेको छ ।

आज एक पत्रकार सम्मेलन गर्दे मलेसिया सरकारका गृहमन्त्री तानश्री मुहिद्दीन यासिनले मलेसियामा अवैध रहेका आप्रवासीहरुलाई अगष्ट १ तारिखदेखि डिसेम्बर ३१ सम्म स्वदेफ फर्कनका लागि अवसर दिइएको जानकारी गराएका थिए ।

पटक पटक अवैध आप्रवासीलाई घर फर्कन यस्तो अवसर दिइएकोमा अन्तिम मौकाकारुपमा अहिले अवसर दिइएको मलेसियन गृह मन्त्रालयले प्रष्ट पारेको छ । यस कार्यक्रममा सहभागी नहुने आप्रवासीहरु माथि कडा कारवाही थालिने पत्रकार सम्मेलनमै मन्त्री यासिनले बताएका थिए ।

गृहमन्त्री  यासिनले यसरी स्वदेश फर्किन चाहनेहरुले केवल ७ सय रिंगिट रकम तिरेर स्वदेश फर्किन पाउनेछन् । यसका लागि सम्वन्धित व्यक्तिले आफ्नो मुलुकको दूतावासले जारी गरेको ट्राभल डकुमेण्ट तथा राहदानी लिएर आवेदन लिन आग्रह गरेका छन् । यसरी आवदेन दिएका कामदारले ७ दिन भित्रमा स्वदेश सक्ने छन् ।

मलेसिया सरकारले प्रदान गरेको यो अवसर नगुमाउन आग्रह गर्दे जनउद्धार केन्द्र मलेसियाले यसका लागि आवश्यक सहयोगका लागि आफुहरु तत्पर रहेको जानकारी दिएको छ । रोजगारमञ्चसँग कुराकानी गर्दै केन्द्रका अध्यक्ष केशु थापाले भने –‘अवैधानिक हैसियदमा मलेसिया बस्नुभएका सम्पूर्ण नेपालीहरुलाई यो अवसर खेर नफाल्न आग्रह गर्दछौ, यसका लागि कुनै परामर्श र सहयोगको आबश्यक परेमा जनउद्धार केन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *