‘हजार गल्ती’ बीचको ‘गीत’ (म्यूजिक भिडियोसहित)
- साउन १, २०७६
- 0
बाल कलाकार तथा कथाकार गीत पछाई अभिनित मनै छुने गीत ‘हजार गल्ती’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सानै उमेरमा बालकथा लेखिकाकारुपमा च र्चित पछाई पछिल्लो समय म्यूजिक भिडियोमा पनि उत्तिनै देखिन थालेकि छन ।
नवनारी टिभीको यूटव च्यानलबाट सार्वजनिक उक्त सुगम सिर्जना ‘हजार गल्ती’ मा सुमधुर स्वरकी धनी गायीका दिपा लामाको स्वर, चर्चित संगितकार विनोद पछाईको संगीत र दुर्गा प्रधानको शब्द रहेको छ ।
श्रीमान श्रीमतीबीचको सम्वन्धले छोराछोरीलाई पर्ने मानसीक र यर्थाथ अवस्था प्रस्तुत गरिएको गीतमा चर्चित नायीका रिमा विश्वकर्मा र विनोद न्यौपानेले श्रीमान श्रीमतीको भूमिका निभाएका छन भने गीत पछाई छोरीको भूमिकामा छिन ।
निशान कष्यपको निर्देशनमा तयार भएको उक्त म्यूजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन भने सम्पादन विकास दाहालको रहेको छ ।
हेर्नुहोस गीतको म्यूजिक भिडियो