समाजसेवी धर्म बिरु लामाको तामाङ सेलो गीत सार्वजनिक

news-details

गीतकार तथा समाजसेवी धर्म बिरु लामाको ‘जो हे¥यो लाग्छ त्यही राम्री’ बोलको तामाङ सेलो गीत भर्खरै सार्वजनिक भएको छ ।

लामाको शब्दसँगै चर्चित गायक बिश्व दोङको स्वरमा सजिएको गीतको संगीत तथा एरेन्ज भने वरिष्ठ संगितकार रुबिन जोएले गरेका छन् ।

भिडियोमा चर्चित नृत्य निर्देशक सुरेश पाण्डेको निर्देशन रहेको छ भने सम्पादन तथा कलर सौखिन तिमल्सिनाले गरेका छन् । उक्त गीतको भिडियोमा प्रमुख भुमिकामा पर्वत विश्वकर्मा र माया रानालाई देख्न सकिन्छ । त्यस्तै अन्य कलाकारहरुमा मुना राई, मार्फिना गुरुङ, रेनुका राई, सुनिता लिम्बूलगायतको अभिनय रहेको छ । काठमाडौं र धादिङको सिमानामा छायाँकन गरिएको उक्त गीतमा विभिन्न जात–जातिका भेषभुषा तथा पहिचानलाई झल्काउन खोजीएको छ ।

(भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।)

सबैको मनमुटुमा बस्न सफल लोकप्रिय गायक विश्व दोङ र उत्कृष्ट गीतकार धर्म बिरु लामाको सहकार्यमा सृजित तामाङ सेलो गीत ‘भिरु प्रडक्सन हाउस’ युट्युव च्यानलमा सार्वजनिक भएको छ ।

नेपालमा मात्र नभएर विदेशमा समेत चर्चा कमाइ सकेका गीतकार लामाले यसअघि पनि आफ्ना थुप्रै चर्चित गीतहरु बजारमा ल्याईसकेका छन् । जस्तै राष्ट्रिय गीत ‘हाम्रो देश नेपाल’, ‘उकाली ओराली भन्ज्याङमा’, ‘जिन्दगीमा घाँमछायाँ’ साथै हिन्दी गीत ‘मेरी यादो मे’ समेत लेखिसकेका छन् ।

उनका गीतहरु नेपालका चर्चित गायक राजेशपायल राई, यम बराल, उदय सोताङ, रामकृष्ण ढकाललगायतका वरिष्ठ गायकहरुले गाईसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *