संविधानविद डा. आचार्यको नयाँ गीतिसंग्रह ‘अतीत’ विमोचन
- चैत्र २४, २०७५
- 0
संविधानविद एवं अधिवक्ता डा.भीमार्जुन आचार्य ‘अर्जुन मिलन’को चौथो एल्बम ‘अतीत’ विमोचन गरिएको छ ।
काठमाडौंमा शनिबार आयोजित विशेष कार्यक्रममा डा. आचार्यको ‘अतीत’को विमोचन गरिएको हो । कार्यक्रम डा आचार्यले ‘अतीत’बाट गायन प्रस्तुत गरेका थिए ।
डा. आचार्यको ‘अतीत’लाई वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाल, गीतकार दिनेश अधिकारी, वरिष्ठ लोक गायक नारायण रायमाझी, प्रा.डा.सनतकुमार वस्ती, प्रा.नारायण नेपाल, संगीतकार सन्तोष श्रेष्ठले आचार्यका गजल संग्रह विमोचन गरेका थिए ।
‘अतीत’मा डा.आचार्य, सनतकुमार वस्ती, नारायण नेपाल, सुनील कोइरालाका शब्द रहेका छन् । गजलमा दीपक जंगम, यादव योगी, महेश खड्काको संगीत रहेका छन् ।