इलाम–२ मा ५७ प्रतिशत मतदान, मतगणना आजै सुरु गर्ने तयारी
- बैशाख १५, २०८१
- 0
प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत शनिबार इलाम क्षेत्र नं २ मा अपेक्षाभन्दा कम मतदान भएको छ ।
विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिँदा ५७ प्रतिशत अर्थात करिब ६६ हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उक्त निर्वाचन क्षेत्रमा मतदाता संख्या १ लाख १५ हजार ८ सय ८९ छ ।
मतदान प्रक्रिया शान्तिपूर्णरूपमा सकिएर मतपेटिका संकलनको काम भइरहेको जानकारी प्रजिअ यादवले दिए ।
मतपेटिका संकलन गरेर इलाम बजारस्थित सिटी हलमा राखिने भएको छ । मतगणनाका लागि सिटी हलमा तारजालीसहित सीसीटीभी क्यामरा जडान गरिएको छ । मतगणना दुई ठाउँमा गर्ने तयारी छ ।
इलाम–२ मा १२ राजनीतिक दलका १२ र ७ स्वतन्त्र गरि १९ जना उम्मेदवार प्रतिस्पर्धी छन् ।
0 प्रतिक्रिया
सुरु भयो घरजग्गा एक्स्पो, सभामुखले गरे उद्घाटन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु भएको छ। प्रदर्शनीको उद्घाटन सभामुख डीपी अर्यालले […]
नयाँ दिल्ली पुगे अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँ दिल्ली पुगेका छन् । भारत सरकारको निमन्त्रणामा तीन दिने भारत भ्रमणमा गएका […]
धनुषामा १९ दिनसम्म बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी, मुख्य प्रतिवादी कारागार चलान

जनकपुर । धनुषामा एक बालिकालाई १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोग लागेका मुख्य प्रतिवादी ताहिर राइन पुर्पक्षका लागि […]
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सामुद्रिक […]
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]






