रोहितकुमार पौडेलको उत्कृष्ट सतकमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको रोमाञ्चक जित

news-details

पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले पराजित गरेको छ ।

कप्तान रोहितकुमार पौडेलको सतकमा नेपाल १९.३ ओभरमा वेस्ट इन्डिज एले दिएको २०५ रनको लक्ष्य पछ्याउन सफल भएको हो ।

नेपालका लाथि कप्तान पौडेलले ५४ बलमा ११२ रन बनाएर आउट भएका थिए । उनले १० चौका र ६ छक्का प्रहार गरे ।

यसअघि वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०४ रन बनाएको थियो ।

वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रन बनाए। चेसले ४६ बलमा ९ चौका, २ छक्कासहित ७४ रन बनाए। ओपनर एलिक एथानाजेले ४६ रन बनाउँदा केसी कार्टीले ३८ रन बनाएका थिए ।

नेपालका लागि कमल सिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र अविनाश बोहोराले एक÷एक विकेट लिएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *