देव कोइमीको नयाँ गीत ‘हेलो’को म्युजिक भिडियो सार्वजनिक
- माघ २७, २०७५
- 0
गायक देव कोइमीको नयाँ गीत ‘हेलो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो गायक देवले आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
जेम्स प्रधानको संगीत संयोजन गरेको गीतमा शब्द, संगीत गायक देवकै रहेको छ । जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको ‘हेलो’को भिडियोमा रंगकर्मी तथा नायक जेबी डिसी र लक्ष्मी बस्नेतले अभिनय गरेका छन् ।
राजेन्द्र डंगोलले खिचेको भिडियोलाई सुमन शाक्यले इडिट गरेका हुन् ।
हेर्नुहोस भिडियो