आज गुरुङ समुदायले ‘तमु ल्होसार’ मनाउदै
पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षको स्वागत
- पुस १५, २०७५
- 0
काठमाडौँ, पुस १५ गते । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । यसअवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ । (रासस)
0 प्रतिक्रिया
शरण हुमागाईंको ‘मेरो माया बुझेनन् कसैले’सार्वजनिक
लामो समयदेखि संचारकर्म र सांगितिक क्षेत्रमा सक्रिय रहेका लोक तथा दोहोरी गायक शरण हुमागाईं पछिल्लो समय कारुणिक गीत ‘मेरो माया […]
विद्युत विधेयक २०८० माथि छलफल, कसले के भने ?
प्रतिनिधिसभा अन्तरगत पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको छ । मंगलबार बसेको बैठकमा ९ […]
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा […]
वीर अस्पताल र न्याम्स सम्बन्धि विधेयक पारित गर्ने निर्णय
कानून, न्याय तथा मानव अधिकार समितिले सबैको सहमतिमा वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सरकारले ल्याएको विधेयक भाषा […]
संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले सरकारले संविधान संशोधनको नाममा समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ बनाउने प्रतिवद्धता जनाएका छन् । मंगलबार नेपाल […]