ब्राजिललाई हराएर अर्जेन्टिनाले जित्यो कोपा अमेरिका फुटबलको उपाधि
- असार २७, २०७८
- 0
अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । लियोनल मेस्सीले आफ्नो फुटबल जिवनको पहिलो प्रमुख प्रतियोगिताको उपाधि जित्ने लक्ष्य पुरा गर्दा अर्जेन्टिनाले २८ वर्षमा पहिलो पटक प्रमुख अन्तर्राष्ट्रिय उपाधि हात पारेको हो । ब्राजिलले भने पहिलो पटक घरेलु मैदानमा कोपा अमेरिकाको उपाधि हात पार्नबाट चुक्यो ।
३४ वर्षीय मेस्सी पहिलो पटक अर्जेन्टिनालाई जित दिलाउन सफल भएका हुन । । प्रतियोगितामा चार गोल गरेका मेस्सी ‘प्लेयर अफ द् टुर्नामेन्ट’समेत घोषित भए ।
रोड्रिगो डे पौलको पासलाई एञ्जेल डी मारियाले गोलको दिशा दिदा अर्जेन्टिनाले २२ औं मिनेटमा १–० को अग्रता लियो । मारियाको उक्त गोल नै अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन पर्याप्त भयो । मेस्सीले अन्तिम समयमा गोल गर्ने अबसर पाए पनि उनी सफल हुन सकेनन ।
सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप फुटबल जिते यता कुनै प्रमुख उपाधि जित्न सकेको थिएन । कोपा अमेरिका जितेपछि सन् २०२२ को डिसेम्बरमा कतारमा हुने विश्वकप फुटबलमा मेस्सीको भूमिकाका लिएर प्रशंसकको अपेक्षा समेत बढेको छ ।