३८ श्रीमती र ८९ सन्तानका पिता चानाको मृत्यु

news-details

विश्वको सबभन्दा ठूलो परिवारको मुखिया मानिएका ७६ वर्षीय पुरुषको भारतको मिजोरम राज्यमा निधन भएको छ। बहुपत्नी प्रथा भएको एउटा धार्मिक सम्प्रदायका प्रमुख रहेका जिओना चानाको आइतवार मृत्यु भएको हो । उनका परिवारमा ३८ श्रीमती, ८९ सन्तान र ३६ नातिनातिना र एक पनाति रहेका छन् ।

चानाको परिवारका कारण भारतको उत्तरपूर्वी गाउँ पर्यटकीय आकर्षणको केन्द्र भने बनेको छ। सो घर हेर्न विश्वभरिबाट पर्यटक आउने गरेका छन्। चानाको रमाइलो जीवनले पनि सञ्चारमाध्यममा निकै स्थान पाएको छ।

त्यो परिवार १०० कोठा भएको घरमा बस्छ। उनका श्रीमतीहरू चानाको शयन कक्षसँगै रहेको ठूलो कोठामा एकसाथ सुत्ने स्थानीय सञ्चारमाध्यमले लेखेका छन्।

चाना सन् १९४५ मा जन्मेका हुन् र उनले आफूभन्दा तीन वर्ष जेठी पहिलो श्रीमतीलाई १७ वर्षको उमेरमा भेटेका हुन् । सो परिवार २,००० जना अनुयायी रहेको इसाई धर्मको चाना पउल सम्प्रदायको रहेको छ । सो सम्प्रदायका सबै अनुयायी मिजोरमको राजधानीबाट ५५ किलोमिटर टाढा रहेको गाउँमा बस्ने गर्छन् । पुरुषका लागि बहुपत्नी स्वीकार गर्ने यो सम्प्रदायलाई सन् १९४२ मा चानाका हजुरबुबाले स्थापना गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *