फिफा विश्वकप दोस्रो चरणको छनौट खेल : आज नेपाल र चाइनिज ताइपेईबीच भिडदै
- जेष्ठ २०, २०७८
- 0
सन् २०२२ फिफा विश्वकप र २०२३ एसिया कप अन्तर्गत दोस्रो चरणको छनौट खेलमा नेपालले आज चाइनिज ताइपेईविरुद्ध खेल्दैछ ।
तटस्थ मैदानको रुपमा कुवेत सिटीमा हुने खेल नेपाली सयम अनुसार आज राति ९:४५ बजे सुरु हुनेछ ।
कोरोना सङक्रमणका कारण नेपालले आफ्ना तीन खेल कुवेतमा खेल्न लागेको हो ।
खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौसमका कारण खेल्न कठिन हुने बताउनु भएको छ ।