सुँगुर मार्ने झिरले रोपेर एक जनाको हत्या
- चैत्र १७, २०७७
- 0

सुनसरी इटहरी उपमहानगरपालिका–२ मा सोमबार एक जनाको हत्या भएको छ । स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए ।
सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छिमेकीको हत्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
पुरानो रिसइबी साँध्नका लागि रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
0 प्रतिक्रिया
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । सोमबार […]
यातायात व्यवसायी र सरकारले बनायो वार्ता टोली, वन्द फिर्ता लिन आग्रह

सार्वजनिक यातायात सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले उठाएका मागका सवालमा वार्ता र संवादमार्फत हल गर्न कार्यदल गठन […]
ओली, देउवा र प्रचण्डबीच छलफल सुरु

प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली […]
वैदेशिक लगानी भित्र्याउन मंगलबारबाट काठमाडौमा ‘इम्प्याक्ट इन्भेस्टमेन्ट फोरम’ सुरु हुदै

नेपालमा विदेशी लगानी बढाउने उद्देश्यले नेपाल इम्प्याक्ट इन्भेस्टमेन्ट फोरम २०२५ भोलि (मंगलबार)देखि काठमाडौँमा सुरु हुने भएको छ । मंगलबारदेखि आगामी […]
एनआरएनए वेष्टर्न अष्ट्रेलियाको सचिवमा प्रेम शाहीले उम्मेद्धवारी दिने घोषणा

गैरआवासीय नेपाली संघ, वेष्टर्न अष्ट्रेलियाको आगामी कार्यकालका लागि प्रेम शाहीले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए अभियानमा […]