त्रिशूलीमा ट्रक खस्यो, दुईजना घाइते
- फाल्गुन २७, २०७७
- 0
पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो ।
ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक र सहचालक घाइते भएका छन् । घाइते हुनेमा ट्रकका चालक नवलपरासी, सुनवलका २८ वर्षीय दीपक मगर र सहचालक १७ वर्षीय सुदीप विक रहेका छन् । उनीहरुमध्ये चालक मगरको अवस्था गम्भीर रहेको छ भने सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक राति २ बजे दुर्घटना भएको हो ।
0 प्रतिक्रिया
‘वकिलहरुको सक्षमताले नै फौजदारी न्याय प्रशासन प्रभावकारी हुन्छ’ : प्रधानन्यायाधिश राउत
प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतले फौजदारी न्याय प्रणालीको मेरुदण्डको रुपमा रहने सरकारी वकिलहरुको सक्षमता तथा क्रियाशिलताबाट नै समग्र फौजदारी न्याय प्रशासन […]
विजनेस रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’ को घोषणा, सार्वजनिक भए पाँच जना शार्क
बिश्व प्रसिद्ध बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ घोषणा भएको छ । नेपालका लागि उत्पादन […]
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारीमा डीपी अर्याल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। सभापति रवि लामिछानेविरुद्ध मुद्दा अघि बढेपछि आज बसेको […]
नेप्से सूचकमा सुधारः कारोबार घटेर पनि बजारमा हरियाली
लगातार तीन दिन कारोबार घटेको नेप्से चौथो दिन भने बढेको छ । गएको हप्ताको बुधबार, बिहीबार र यो हप्ताको पहिलो […]
आत्महत्या न्यूनीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर
गृहमन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबिच मानसिक स्वास्थ्य अध्यायन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार विहान गृह मन्त्रालयका […]