सन्दिपलाई दिल्ली क्यापिटल्सले ग-यो रिलिज, अर्को टिम जाने बाटो खुल्ला
- माघ ८, २०७७
- 0
आगामी संस्करणको इन्डियन प्रिमियर लिग आइपीएलको लागि नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई दिल्ली क्यापिटल्सले रिलिज गरेको छ । यो सँगै अब सन्दिपलाई आगामी संस्करणका लागि अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ ।
सन्दिपसँगै दिल्लीले ६ खेलाडीलाई रिलिज गर्ने निर्णय गरेको हो । दिल्लीले गत संस्करणको आइपीएलमा लेग स्पीनर सन्दिप लामिछानेलाई कुनैपनि खेलमा मौका नदिइ बेन्चमै राखेको थियो ।
सन्दिप सन् २०१८ को अक्सनमा ३२ लाख नेपाली रुपैयाँमा दिल्लीले अनुबन्धन गरेको थियो । २०१८ मै सन्दिपले तीन खेलमा मौका पाउँदा पाँच विकेट लिएका थिए । सन् २०१९ को आइपीएलमा सन्दिपले ६ खेलमा मौका पाउँदा ८ विकेट लिएका थिए ।
हाल सन्दिप अष्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेट अन्तर्गत होवार्ट हेरिकेन्सबाट खेलिरहेका छन् ।