सीपीएल फाइनल : आज ट्रिनबागो र सेन्ट लुसिया आमने सामने हुँदै
- भदौ २५, २०७७
- 0
क्यारेवियन प्रिमियर लिग (सीपीएल)को फाइनल आज हुँदै छ । फाइनलमा ट्रिनबागो नाइटराईडर्स तथा सेन्ट लुसिया आमने सामने हुँदैछन् ।
खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरु हुने छ । अपराजित रहेको नाइटराइडर्स चौथो उपाधि जित्ने लक्ष्यमा रहेको छ ।
सेन्ट लुसिया भने पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ फाइनलमा उत्रने छ ।
नाइटराईडर्सले सेमिफाइनलमा नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तालवाजलाई ९ विकेटले पराजित गरेको थियो ।
उता अर्को खेलमा सेन्ट लुसियाले गुएना अमेजनलाई १० विकेटले पराजित गरेको थियो ।
-एजेन्सी