सञ्चारकर्मी गीता अधिकारीको तीज गीत ‘बजाउँदै चुरा’ सार्वजनिक
- साउन १२, २०७७
- 0
नेपाली महिलाहरुको महान् पर्व तीज नजिकिदै जाँदा तीजसम्बन्धी गीतहरु धमाधम सार्वजनिक भइरहेका छन् ।
यही मेसोमा ३ वर्षदेखि लगातार तीजका गीत पस्किदै आएकी सञ्चारकर्मी गीता अधिकारीले ‘बजाउँदै चुरा‘’ सार्वजनिक गरेकी छिन् ।
सारिका घिमिरेको स्वरमा रहेको उक्त तीज गीतमा योगेश काजीको सङ्गीत तथा एरेञ्ज रहेको छ । स्टुडियो डीबी एचडीमा रेकर्डिङ गरिएको गीतमा एचवीएन किस्मतको मिक्सिङ तथा माष्टिरिङ रहेको छ ।
सार्वजनिक लिरिकल भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् ।
गीता र सारिकाले यसअघि ‘यतै घमाइलो उतै घमाइलो‘’ सन्देशमुलक तीजगीत ल्याएका थिए । गत वर्ष ‘तीजैमा ब्रत बसी’ ल्याएका थिए ।
कोरोना भाइरसको सङ्क्रमणका कारण गीतको भिडियो छायाँकन गर्न असमर्थ भएका कारण लिरिकल भिडियो सार्वजनिक गरेको गीता र सारिकाले बताए । गीतको उक्त भिडियो युट्युब च्यानल द ट्युन मार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुहोस गीतको भिडियो