नेपाली मूलका आर्यब अष्ट्रेलियन फुटबलमा स्थान बनाउन सफल
- भदौ ३, २०८३
- 0
नेपाली मुलका १४ बर्षिय आर्यब गौतम अष्ट्रेलियनल फुटबल टिममा स्थान बनाउन सफल भएका छन । अष्ट्रेलिया फुटबलको क्षेेत्रिय छ्नौट हुँदै न्यु साउथ वेल्थ राज्यको “फुटवल एनएसडब्लु”को चाैध बर्ष मूनि समूहमा गौतमले स्थान बनाएका हुन ।
गौतमको उपलब्धि परिवारका लागि मात्र नभई अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि पनि गर्वको विषय भएको नेपालीहरूले बताएका छन । आर्यब अहिले फुटवल एनएसडब्लु” ट्यालेन्ट सपोर्ट कार्यक्रम “टीएसपी” अन्तर्गत regional football development pathway मा सहभागी हुँदै आएका छन्। टीएसपी फुटवल एनएसडब्लु”को प्रतिभावान युवा खेलाडीहरूलाई पहिचान गरी उनीहरूको प्राविधिक क्षमता र उच्चस्तरीय प्रतिस्पर्धाका लागि तयार गर्ने महत्वपूर्ण स्थान हो ।
गौतम अहिले फुटवल एनएसडब्लु” टिमको १४ बर्षमुनि को अन्तिम खेलाडी सूचिमा छनोट भएका छन । उनले फुटवल एनएसडब्लु” प्रतिनिधित्व गर्दै मेलवर्नमा मा आयोजना हुने Football Victoria Invitational ID Cup / State of Origin Tournament मा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता The Home of the Matildas, Bundoora, Victoria मा आयोजना हुँदैछ । जहाँ Australia को महिला राष्ट्रिय टोली Matildas को महत्वपूर्ण football facility रहेको छ।
September 30 देखि October 2 सम्म हुने प्रतियोगितामा विभिन्न federation तथा regions का उत्कृष्ट युवा खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ। यहाँ गौतमले व्यवसायिक फुटवल खेल्ने अवसर पाउनेछन । यसले खेलाडीहरूलाई भविष्यमा Football Australia Emerging Socceroos Championships जस्ता उच्चस्तरीय प्रतियोगितातर्फ अघि बढ्ने अवसर प्रदान गर्ने बताईएको छ ।
न्यु साउथवेल्समा बस्दै आएका गौतमले Orange, Bathurst, Sydney लगायतका स्थानमा तालिम तथा खेलमा सहभागिता जनाउदै आएका छन । कतिपय अवस्थामा एउटा तालिम वा खेल का लागि पनि परिवारले धेरै घण्टाको यात्रा गर्नुपरेको पिता विकास गौतमको भनाइ छ ।
आर्यबको उपलब्धिले हुर्किरहेका नेपाली समुदायका अन्य युवा खेलाडीहरूलाई पनि आफ्नो सपना पछ्याउन, मेहनत गर्न र अवसर खोज्न प्रेरणा दिनेछ भन्ने उनको विश्वास छ।आर्यबले अध्ययन,तालिम, खेल र प्रशिक्षणलाई निरन्तरता दिदै आएकाे परिवारको भनाइ छ ।














