एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

news-details

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले विजयी यात्रालाई कायम राखेको हो । पहिलो ब्याटिङ गर्दै मलेसिया १०३ रनमा समेटिएको थियो ।

नेपालले ४ विकेट गुमाएर २१.४ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपालका लागि ओपनर अर्जुन कुमालले अविजित ४५ रन बनाए ।

यस्तै, इशान पाण्डेले २० रनको योगदान दिए । बलिङमा नेपालका करण केसीले ४ विकेट लिएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया