मन्त्रीको दम्भ र संघको लाचारीपनले वैदेशिक रोजगार धरासायी भयो-वाग्ले (भिडियोसहित)

हंशराज वाग्ले, अध्यक्ष, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम
news-details

पछिल्लो समय वैदेशिक रोजगार व्यवसायको क्षेत्र लगभग अन्तिम अवस्थामा पुगिसकेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष हंशराज वाग्लेले व्यवसायी संघको लाचारीपन र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको दम्भका कारण यो अवस्था सिर्जना भएको बताए ।

‘दुई तिहाइको दम्भ र मन्त्रीज्यूको हठका कारण अहिले व्यवसायीहरुलाई उठनै नसक्ने अवस्थामा पु¥याइएको छ’ वाग्लेले भने –‘यस अवस्थामा व्यवसायीहरुको मागमा अग्रसर हुनुपर्ने संघ नेतृत्व झन निकम्बा सावित भयो ।’

नेपाल र मलेसियाबीच श्रम सहमतिमा हस्ताक्षर भएपछि पनि मलेसिया रोजगारी सुचारु नभएकोमा आक्रोश व्यक्त गर्दै वाग्लेले भिसा स्ट्याम्बिङ भइसकेका कामदारको अन्तिम स्वीकृति रोक्ने अधिकार राज्यलाई नभएको बताएका छन् । उनले यसरी रोक्ने काम भएमा त्यसको जिम्मेवार स्वयं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हुनुपर्ने र यस्तो गर्न अन्तराष्ट्रिय मान्यता र जेनेभा सन्धीले पनि अनुमति नदिएको चेतावनी दिए ।

करिब ६ महिनादेखि मलेसिया रोजगारी बन्द हुदा व्यवसायीहरुले खोजेर ल्याएका २५/३० हजारभन्दा बढी भिसा गुमेको उल्लेख गर्दै वाग्लेले यसको चर्को मारमा व्यवसायीहरु परेको र सम्झौतामा उल्लेख भए अनुसार म्याद बाकी रहेका कलिङ भिसालाई प्रक्रिया पुरा गरेर मलेसिया जान दिइनुपर्ने जिकिर गरे ।

‘भिसा स्ट्याम्बिङ गरेर प्रक्रिया पुरा गरेका तथा कम्पनीको एग्रिमेन्ट बमोजिम सबै कुरा भए अन्तिम श्रम स्वीकृति १ घण्टा पनि रोक्न पाइदैन, होइन भने राज्यले वैदेशिक रोजगारीमा जान बन्द गरायौ भनेर भन्न सक्नु प¥यो’ वाग्लेले भने ।

संघले अन्तिम श्रमस्वीकृतिका लागि अल्टिमेटम दिएको भनिए पनि व्यवसायीहरु अन्तिम श्रम स्वीकृतिका लागि फाइल बोकेर जाने वातावरण नबन्नुमा संघ नेतृत्व र केहि व्यवसायीहरु कारक रहेको भन्दै वाग्लेले भने –‘संघको लाचारीपन र केहि व्यवसायी नेता भन्नेहरुको दोहोरो चरित्रका कारण वैदेशिक रोजगार व्यवसायको क्षेत्रलाई राज्यले कम्जोर ठानेर हेपेको हो ।’

वाग्लेले केहि व्यवसायी र गैरव्यवसायीहरुले मन्त्री गोकर्ण विष्टलाई नराम्रोसँग फसाएको भन्दै भने –‘मन्त्रीज्यूलाई केहि व्यक्तिले घेराबन्दीमा पारेर गलत सुझाव दिइरहेका छन । उहाँ राम्रो सुझाव दिनेका कुरै सुन्नुहुन्न जसका कारण आफु दलदलमा फसिसकेकोसमेत उहाँलाई थाहै छैन ।’

वाग्लेको पुरा धारणा तल भिडियोमा हेर्नुहोस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *