एनआरएनएद्धारा १ करोड २० लाखको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जेन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गर्नुभएको हो ।

स्वास्थ्य मन्त्रालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गर्नुभयो । कोभिड–१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीहरुले ठूलो योगदान पु¥याएको भन्दै मन्त्री रावतले भने, ‘यो पुन्य कार्यक्रममा एनआरएनएलाई सरकारले सहयोग गर्न तयार छ ।’

मन्त्री रावतले नेपाल सरकार र संघबीच सहकार्यको आवश्यकता रहेको बताउदै कोरोना महामारीकाबिरुद्ध एकजुट हुन आग्रह गर्नुभयो ।

हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए उपाध्यक्ष डा केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भए देखिनै विदेशमा रहेका नेपालीहरुले स्वास्थ्य सम्वन्धी सामग्री सहयोग गरेको चर्चा गर्नुभयो । विदेशमा नेपालीको अवस्था र उनीहरुले भोगिरहेको समास्याबारे प्रष्ट पार्दै उहाँले करिब १ करोड २० लाख रुपैयाँका ती स्वास्थ्य सम्वन्धी सामग्री जुटाउन सहयोग गर्ने जापानवासी नेपालीप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्य सम्वन्धी सामग्री नेपाललाई जुटाउन सकेकोमा प्रसन्नता प्रकट गर्नुभयो । थापाले यसअघि जापान सरकारले गरेको प्रतिबद्धता अनुसार थप स्वास्थ्य सम्वन्धी सामग्री नेपाल भित्राउन पहल गरिने जानकारी दिनुभयो । यसअघि थापाकै पहलमा संघले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

सामग्री हस्तान्तरण कार्यक्रममा स्वस्थ्य सेवा विभागका कार्यकारी निर्देशक दिपेन्द्ररमण सिंह, गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश रानालगायतको उपस्थिती थियो । कार्यक्रमको संचालन गैरआवासीय नेपाली संघ कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले गर्नु भएको थियो ।

गैरआवासीय नेपाली संघले कोभिड १९ को महामारी सुरु भएदेखि २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्वन्धी सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

संघले पहिलो चरणमा विश्वका ५० भन्दा बढी देशमा करिब २५ सय स्वयसेवक परिचालन गर्दै कोभिड पिडित नेपालीहरुलाई सहयोग गरेको थियो । यस्तै संघले कोभिड बिरुद्धको लड्न अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति समेत गठन गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *