शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय औं जन्मोत्सव रथयात्रासहित मनाइयो
- बैशाख ३०, २०७६
- 0

संस्कृतिविद सत्यमोहन जोशी आजदेखि १०० वर्षमा प्रवेश गरेका छन् । शताब्दी पुरुष जोशीको १०० औं जन्मदिनको अवसर पारेर ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक विदासहित विशेष कार्यक्रम आयोजना गर्यो ।
कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जोशीलाई सम्मान गरिएको थियो ।
जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि इटी, कुमारीपाटी, जावलाखेल हुँदै पुल्चोक परिक्रमा गराइएको थियो । सार्वजनिक रथारोहण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्डले पनि साथ दिएको थियो ।
संस्कृतिविद् जोशीको जन्म विक्रम सम्वत १९७७ वैशाख ३० गते ललितपुरको बखुँबहालमा भएको हो । जोशीले तीन पटक मदन पुरस्कार पाइसकेका छन् ।
0 प्रतिक्रिया
सभामुखले बोलाएको बैठकमा जुटेन सहमति, विपक्षीको अडान कायमै

सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतक र सचेतकसँग गरेको छलफल निष्कर्षविहीन भएको छ । संसद सुरू हुनुअघि संसदको […]
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासंघको सुुझाव प्रस्तुत

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न […]
संसदको अवरोध खुलाउन सभामुख र सचेतकहरूबीच छलफल

सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् । आज प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुखले […]
‘विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु’

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् […]
केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन, नेपाल–केन्या सम्बन्ध बढाउने प्रतिबद्धता

केन्याका महामहिम राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीले नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्य दूत चन्द्र टण्डनको उपस्थितिमा गत सोमबार राष्ट्रपति […]