गायक सत्यराज आचार्यको पहिलो साहित्यिक कृति ‘१४ फागुन’ सार्वजनिक
- फाल्गुन १५, २०८१
- 0
संगीतकार तथा गायक सत्यराज आचार्यले पहिलो साहित्यिक कृति ‘१४ फागुन’ सार्वजनिक गरेका छन्।
पिता भजनशिरोमणि भक्तराज आचार्यको पहिलो वार्षिकी पूण्यतिथीको अवसर पारेर जमलस्थित राष्ट्रिय नाचघरमा आफ्नो पहिलो साहित्यिक कृति ‘१४ फागुन’ लोकार्पण गरेका हुन्।
साहित्यिक कृतिलाई सत्यराज र स्वरूपराज आचार्यका छोरा संगीत र सरगम आचार्यले विमोचन गरे।
पिताले संसार त्यागेको दिनको सम्झनामा त्यही मितिलाई शीर्षक राखेर सिर्जित पुस्तकमा ८२ वटा हाइकू समावेश छन्।
आचार्यले आफ्नो कृति पाठकले मन पराइदिने विश्वास व्यक्त गरे।
कार्यक्रममा वरिष्ठ संगीतकार शम्भूजित बास्कोटा, कवि विप्लव प्रतिक, कानूनविद भीर्माजुन आचार्य तथा कवि रवि प्राञ्जलले कृतिको बारेमा टिप्पणी गरेका थिए ।
बुकहील पब्लिकेशनले प्रकाशन गरेको पुस्तकको मूल्य पाँच सय रुपैयाँ राखिएको छ।
0 प्रतिक्रिया
कांग्रेस महाधिवेशनमा ओली, प्रचण्ड र रवि लामिछानेलाई निम्तो

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूलाई निम्तो […]
दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात […]
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसका क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका […]
खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए

काठमाडौँ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । […]
एसियन गेम्स : समूह विजेता बन्दै नेपाल क्वाटरफाइनलमा

काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण रद्द […]










