शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय औं जन्मोत्सव रथयात्रासहित मनाइयो

news-details

संस्कृतिविद सत्यमोहन जोशी आजदेखि १०० वर्षमा प्रवेश गरेका छन् । शताब्दी पुरुष जोशीको १०० औं जन्मदिनको अवसर पारेर ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक विदासहित विशेष कार्यक्रम आयोजना गर्‍यो ।

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जोशीलाई सम्मान गरिएको थियो ।

जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि इटी, कुमारीपाटी, जावलाखेल हुँदै पुल्चोक परिक्रमा गराइएको थियो । सार्वजनिक रथारोहण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्डले पनि साथ दिएको थियो ।

संस्कृतिविद् जोशीको जन्म विक्रम सम्वत १९७७ वैशाख ३० गते ललितपुरको बखुँबहालमा भएको हो । जोशीले तीन पटक मदन पुरस्कार पाइसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *