वैदेशिक रोजगार कल्याणकारी कोषमा अनलाइन मार्फत नै भुक्तानी गर्न सकिने

विदेशमा अन्त्येष्टि गरिएका श्रमिकका हकवालालाई राहत बुझ्‍न आउन बोर्डको आग्रह
news-details

वैदेशिक रोजगारीमा जादा वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अब अनलाइनमार्फत नै जम्मा गर्न सकिने भएको छ ।

वैदेशिक रोजगार वोर्डले एक सुचना निकाल्दै वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम डिजिटल भुक्तानी सेवा प्रदायक संस्थामार्फत् जम्मा गर्न सकिने जानकारी दिएको छ ।

सोहि अनुसार अबदेखि कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम रकम स्वदेश तथा विदेश जहाँ भए पनि नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक संस्था ईसेवा फोन पे प्रा लि र स्प्यारो पे प्रा लिबाट सरल र सहजरुपमा अनलाईन प्रणालीमार्फत् भुक्तानी गर्न सकिने गरी व्यवस्था मिलाईएको वोर्डले बताएको छ ।

उल्लेखित भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सेवा लिए वापत सेवाग्राहीले कुनै पनि थप शुल्क तिर्न नपर्ने वोर्डले जनाएको छ ।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृती लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।

विदेशमा अन्त्येष्टि गरिएका श्रमिकका हकवालालाई राहत बुझ्‍न आउन बोर्डको आग्रह

वैदेशिक रोजगारीमा गएर उतै ज्यान गुमाएका र त्यही मुलुकमा नै अन्त्येष्टि गरिएका श्रमीकका हकवालालाई सान्त्वना रहत बुझ्‍न आउन वैदेशिक रोजगार बोर्डले अनुरोध गरेको छ ।

वैदेशिक रोजगारीको क्रममा विविध कारणले मृत्यु भएका र विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ का कारणले अन्तर्राष्ट्रिय उडान बन्द भई शव नेपाल ल्याउन समस्या हुँदा सम्बन्धित परिवारको हकवालाको सहमतिमा सम्बन्धित मुलुकमा नै अन्तिम संस्कार गरिएका कामदारहरूका हकवालालाई आर्थिक सहायताका अतिरिक्त विदेशमा दाहसंस्कार भएवापत सान्त्वना राहत स्वरूप थप ५० हजार बुझ्‍न आउन बोर्डले आग्रह गरेको हो ।

श्रम स्वीकृती लिएर रोजगारीमा गएका तर विदेशमा नै मृत्यु भएका श्रमिकहरुको शव कोरोना महामारीका कारण सम्बन्धित परिवारको हकवालाको सहमतिमा सम्बन्धित मुलुकमा नै अन्तिम संस्कार गरिएको थियो ।

बोर्डले असार २५ गते गरेको निर्णय अनुसार राहत रकमका लागि मृतक कामदारका हकवालाले सम्बन्धित नेपाली दूतावासले जारी गरेको मृतक कामदारहरूको विवरण, अन्त्येष्टीका लागि परिवारबाट दिइएको सहमति पत्र, विदेशमा अन्त्येष्टि गरिएको कागजात र हकवालाको नाममा कुनै पनि ‘क’ वर्गको बैंक खाताको प्रमाणित निस्सालगायत तोकिए बमोजिमको अन्य कागजातहरू संलग्‍न राखी वैदेशिक रोजगार बोर्डको सचिवालयको इमेल [email protected] मा आवेदन गर्न अनुरोध गरेको छ ।

साथै, विदेशमा दाहसंस्कार गर्न परिवारबाट सहमति दिएका मृतकहरूको नामावली र निवेदनको ढाँचा यस बोर्ड सचिवालयको वेबसाइट www.fepb.gov.np मा हेर्न तथा डाउनलोड गर्न सकिने बताएको छ । थप जानकारीको लागि श्रम कलसेन्टरको ११४१ वा सचिवालयको फोन नं ०१-४२२०३११, ०१-४२२०५६७ मा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन समेत अनुरोध गरेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *