भिरु लामाको शब्दमा ‘यो जिन्दगी’ बोलको गीत सार्वजनिक

news-details

काठमाडौं । गीतकार तथा समाजसेवी धर्मभिरु लामाको शब्दमा ‘यो जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ ।

चर्चित गायक राजेशपायल राई र भ्वाइस अफ नेपाल सिजन ५ बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल गायीका स्मिता प्रधानको सुमधुर स्वरमा सजिएको गीतको मिक्सिङ मास्टरिङ रुबिन जोएले गरेका छन् । गीतमा देव गुरुङको संगीत रहेको छ भने चन्दु गोर्खालीको एरेन्ज रहेको छ ।

त्यस्तै गीतको भिडियो निर्देशन लामो समयदेखि अनुभव बटुलेका सफल निर्देशक विनयराज पौडेलले गरेका छन् । भिडियोको मुख्य भुमिकामा पर्वत गदाईली, स्वयं स्मिता प्रधान र धर्मभिरु लामाको अभिनय देख्न सकिन्छ ।

ललितपुरको विभिन्न रमणिय स्थानहरुमा छायाँकन गरिएको भिडियोको छायाँकन भने राजु लामाले गरेका छन् । त्यस्तै भिडियो सम्पादन तथा कलर सौखिन तिमल्सिनाले गरेका छन् ।

कबिर लामाको निर्माण तथा प्रोड्युसर नेपालका अध्यक्ष करण सिंहको प्रडक्सनमा निर्माण गरिएको भिडियो ‘भिरु प्रडक्सन हाउस’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *