नेपाल बैदेशिक रोजगार व्यवसायी संघ र पावर माइन्डस् प्रा.लिको संयुक्त आयोजनामा १ दिने मानसिक स्वास्थ्य तालिम सम्पन्न भएको छ ।

बैदेशिक रोजगारमा जाने कामदारहरुको मानसिक स्वास्थ्य परीक्षण गर्नुपर्ने विषयलाई लक्षित गरि आयोजना गरिएको उक्त तालिममा ३० जना भन्दा बढी म्यानपावर व्यवसायीहरु सहभागी थिए ।

वैदेशिक रोजगारीमा जाने कामदारको मानसिक स्वास्थ्य परीक्षणमा जोड
कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले मानसिक स्वास्थ्य समस्या रहेको व्यक्तिलाई उचित परामर्श दिएर पठाउने र नियमित स्वास्थ्य परीक्षण गर्नु उचित हुने बताए । उनले आप्रवासी कामदारको मानसिक स्वास्थ्यको विषय अन्तर्राष्ट्रिय श्रम संगठनले गम्भीरताका साथ उठाएको भन्दै नेपालले पनि यस विषयमा उत्तिकै गम्भीरता देखाउन जरुरी रहेको बताए ।
वैदेशिक रोजगारीमा जाने कामदारको मानसिक स्वास्थ्य परीक्षणमा जोड
बैदेशिक रोजगारमा जाने कामदारहरुमा विदेश जानुअघि स्वास्थ्यमा कुनै समस्या नदेखिएतापनि विदेश पुगिसकेपछि मानसिक स्वास्थ्यमा समस्या आउने क्रम बढेकाले यस्ता तालिमको आवश्यकता रहेको संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्रीले जानकारी दिए ।
वैदेशिक रोजगारीमा जाने कामदारको मानसिक स्वास्थ्य परीक्षणमा जोड
पछिल्लो समय बैदेशिक रोजगारमा जाने कामदारहरुको फिजिकल, एजुकेशनलगायतको विषय हेरिने भएपनि मेन्टल हेल्थको विषयमा चेककजाँच नहुने कारण कामदारहरु गएकै भोलिपल्टदेखि होमसिक हुने, सुसाईटका घटनाहरु घटाउने, आकर्षक तलब र राम्रो काम हुँदा हुँदै पनि मानसिक अवस्था स्वस्थ्य नभएका कारण काम गर्न नचाहने देखिएकाले त्यसलाई नियन्त्रण गर्नका लागि यो तालिम आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा वैदेशिक रोजगार महाशाखा प्रमुख गोविन्द रिजालले वैदेशिक रोजगारीमा जाने कामदारहरुसँग मानसिक स्वास्थ्यका विषयमा परामर्श गरेर गम्भीर समस्या देखिएकाहरुलाई रोजगारीमा नपठाउन सुझाव दिए ।

वैदेशिक रोजगारीमा जाने कामदारको मानसिक स्वास्थ्य परीक्षणमा जोड
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पावर माइण्स प्रा.लि. र मलेसियाका मनोसामाजिक परामर्शदाताहरूको समन्वयमा गरेको छलफलमा उनीहरुले कामदारको शारीरिक तन्दुरुस्ती र अन्य रोग परीक्षणसहित मानसिक स्वास्थ्यको विषय सरकारी नीतिको प्राथमिकतामा रहनुपर्ने बताए ।

वैदेशिक रोजगारमा गएका युवाहरुमा सुतेकै अवस्थामा मृत्यु हुने, डिप्रेसनका कारण आत्महत्या गर्नेलगायतका समस्याहरुले बीचमै रोजगारी छोड्ने, कम्पनीसँग सेवा सुविधाजस्ता विषयमा अनावश्यक झगडा गर्ने प्रवृत्ति बढ्नु मानसिक स्वास्थ्यसँग जोडिएको विषय हुनसक्ने उनीहरूको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको मानसिक स्वास्थ्य परीक्षणमा जोड
संघका प्रथम उपाध्यक्ष खत्रीले छलफलमा सहभागी व्यवसायीले हाल कामदारको मानसिक स्वास्थ्यलगायतका विषयमा म्यानपावर कम्पनीहरू पनि सचेत रहेको भन्दै छनोटका क्रममा मानसिक स्वास्थ्य छानबिन ‘स्क्रिनिङ’ गर्न एचआर अधिकृतहरूलाई लगाउने गरिएको बताए ।
वैदेशिक रोजगारीमा जाने कामदारको मानसिक स्वास्थ्य परीक्षणमा जोड
कार्यक्रममा डा. सिती खाडिजा मोद नास्रा र फिलोसोफि ट्रेनर लिसा भास्करणले करिब ३ घण्टा प्रशिक्षण गराएका थिए ।
वैदेशिक रोजगारीमा जाने कामदारको मानसिक स्वास्थ्य परीक्षणमा जोड