कोरियामा केएमई ट्राभल्सको दशैं विशेष अफर, चाडवाड मनाउन कोरियन एयरबाट स्वदेश फर्कने अवसर

news-details

नेपालीहरुको महान चाडवाड नजिकिदै छन् । अझ विदेशमा रहेका नेपालीहरु यो अवसरमा स्वदेश फर्की आफन्तसँग रमाउन चाहन्छन् । स्वदेश फर्कन चाहने नेपालीहरुका लागि दक्षिण कोरियामा भने आकर्षक अफरसहित कोरियन एयरले उडान भरिरहेको छ ।

दक्षिण कोरियामा रहेको केएमई ट्राभल्स एण्ड टुर्सले आकर्षक अफरसहित चाडवाडमा स्वदेश फर्कन चाहने नेपालीलाई कोरियन एयरको सस्तोमा हवाई टिकट उपलब्ध गराइरहेको छ । असहज अवस्थामा समेत केएमई ट्राभल्सले नेपालीहरुलाई सरल, सहज र सुलव सेवा प्रदान गरिरहेको छ ।

केएमई ट्राभल्सले आफ्ना सेवाग्राहीलाई दशै अफर ल्याएको छ । दशैं अफर अन्तर्गत प्रत्येक उडानमा २ जना यात्रुलाई गोलाप्रथाद्धारा निः शुल्क टिकट उपलब्ध गराइने ट्राभल्सले जानकारी दिएको छ । उडान हुनुभन्दा अगाडि नेपाली दूतावासका प्रतिनिधिको रोहवरमा गोलाप्रथा गरिने जनाइएको छ ।

विश्व ब्यापीरुपमा देखिएको कोभिड १९ महामारीका कारण हवाई उडान स्थगित भै नेपाल जान नपाएका र नेपालबाट कार्यस्थल दक्षिण कोरिया फर्कन नसकेका नेपालीहरुलाई कोरियन एयरको चार्डर उडानमार्फत उडान सहजीकरण गर्दै आएको केएमई ट्राभल्सले आफ्नो सेवा अझ विस्तार गर्दै आएको छ ।

ब्यापार भन्दा पनि नेपालीहरुका लागि सेवाभावले ट्राभल संचालन गरेका एनआरएन एसिया प्यासिफिक पूर्वउपसंयोजक विनोद कुँवरले कोरियन एयरसँग समन्वयमा नेपालीहरुले यस्तो अवसर पाएका हुन् । कुँवर दशकौदेखि कोरियालाई कर्मथलो बनाएर व्यवसाय गरेर बसेका छन् ।

‘कोरोना महामारीका कारण नेपालीहरु स्वदेश जान सकेनन्, कतिको भिषा सकियो, कति समस्यामा परे, यस्तो अवस्थामा नेपालीलाई सहयोग गर्नुपर्छ भनेर हामी अगाडि बढेका हौ’ कुँवरले रोजगार मञ्चलाई बताए । कुँवर हरेक उडानमा नेपालीहरुलाई सहजिकरण गर्नका लागि विमानस्थलमा पुग्ने गरेका छन् । उनी भन्छन्–‘कतिलाई भाषाको राम्रो ज्ञान नहुँदा समस्या नपरोस् भनेर आफै जाने गरेको छु, र विदाई गरेर मात्र फर्कन्छु ।’

एनआरएनए कोरियालाई १ करोड ६० लाख वन सहयोग

केएमई ट्राभल्स एण्ड टुर्स र दुर्गा ग्रुपले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियालाई एक करोड ६० लाख वन सहयोग गर्ने भएको छ ।

विश्व ब्यापीरुपमा देखिएको कोभिड १९ महामारीका कारण हवाई उडान स्थगित भै नेपाल जान नपाएका र नेपालबाट कार्यस्थल दक्षिण कोरिया फर्कन नसकेका नेपालीहरुलाई कोरियन एयरको चार्डर उडानमार्फत उडान सहजीकरण गर्दै आएको केएमई ट्राभल्सले एनआरएनए कोरियालाई १ करोड ६० लाख वन सहयोग गर्ने गरी सम्झौता गरिसको छ ।

उक्त सहयोग सम्वन्धि सम्झौतापत्रमा केएमई ट्राभल्स तथा दुर्गा ग्रुपका कार्यकारी निर्देशक विनोद कुँवर र एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले हस्ताक्षर गरिसकेका छन् ।

दक्षिण कोरियाको झन्डै तिन दशक लामो सामाजिक र ब्यवासायिक यात्रामा साथ र सहयोग गर्ने नेपाली समुदायप्रति सामाजिक उत्तरदायित्व निभाउने क्रममा उक्त सहयोग प्रदान गरिएको केएमई ट्राभल्स तथा दुर्गा ग्रुपका निर्देशक कुँवरले बताए ।

कोरियामा रहेका नेपाली समुदायका विभिन्न अभियानहरुमा साथ र सहयोग गर्दै आएको केएमई ट्राभल्सले आफुले आर्जन गरेको निश्चित मुनाफाबाट १ करोड कोरियन वोन र दुर्गा ग्रुपले एनआरएनए कोरियाको सभाहलको भाडावापत ६० लाख वोन गरेर १ करोड ६० लाख बराबरको सहयोग सहयोग गरेका हुन ।

केएमई ट्राभल्स तथा दुर्गा ग्रुपका निर्देशक कुँवरले यो सहयोग रकम संस्थाको उद्देश्य प्राप्ती तथा नेपाली समूदायको हितमा एनआरएनए कोरियाले लगाउनेमा आफु विश्वस्थ रहेको बताए भने सहयोग रकम सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिवद्धता एनआरएनए कोरियाले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *