नेपाल निर्माण व्यवसायी महासंघले गर्यो आन्दोलनको घोषणा
- माघ २, २०८१
- 0

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको समस्यालाई राज्यका कुनै पनि तह र तप्काले अहिलेसम्म गम्भीर रुपमा नलिएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले माघ ३ गतेदेखी २१ गतेसम्म आन्दोलन गर्ने घोषणा गरेको हो ।
निर्माण उद्योगमा एकपछि अर्को गरी जटिल समस्याहरू देखा परी निर्माण उद्योग पूर्ण रुपमा धराशायी हुने निश्चित भएकाले निर्माण उद्योगका तमाम समस्या समाधानका लागि नेपाल निर्माण व्यवसायी महासंघ समेतको प्रतिनिधित्व रहने गरी निर्माण उद्योगलाई बचाउनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग राखेको छ ।
यस्ता छन् आन्दोलनका कार्यक्रम
१. मिति : २०८१/१०/०३ देखि २०८१/१०/७ सम्म महासंघले सम्माननीय प्रधानमन्त्रीज्यू, विकासे मन्त्रालयका माननीय उपप्रधानमन्त्रीज्यूहरू, माननीय मन्त्रीज्यूहरू, विभिन्न राजनीतिक दलका अध्यक्षहरू, सम्बन्धित् संघीय सरकारी निकायहरूमा, प्रदेश महासंघले सम्बन्धित प्रदेश माननीय मुख्यमन्त्रीज्यूलाई र जिल्ला संघले सम्बन्धित् प्रमुख जिल्ला अधिकारीज्यूलाई माग पूरा गराउन मिति : २०८१/१०/१५ सम्मको अल्टिमेटम सहित ज्ञापनपत्र बुझाउने ।
२. मिति : २०८१/१०/१८ गते राजधानीको माइतीघर मण्डलामा धर्ना दिने ।
३. मिति : २०८१/१०/२० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने ।
४. मिति : २०८१/१०/२१ देखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाकाहरू ठप्प पार्ने ।
५. तत्पश्चात् पनि माग पूरा नभए राष्ट्रिय गौरवका आयोजना सहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गर्ने ।
साथै महासंघले चरणवद्ध आन्दोलनको समेत घोषणा गरेको छ ।
0 प्रतिक्रिया
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा परेको छ । लामिछानेले आफूलाई गैरकानुनी थुनामा […]
आन्दोलनले कक्षा १२ को परीक्षा अन्योलमा : बोर्डको अभिमूखिकरणमा गएनन् शिक्षक

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि ७७ वर्ट जिल्लाका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । […]
ताप्लेजुङ घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको […]
शिक्षकहरुको आन्दोलन आज पनि जारी

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् । नेपाल शिक्षक […]
राप्रपा महामन्त्री राणा जमानीमा रिहा

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन् । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा […]