बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन

news-details

काठमाडौँ । एनसेलले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप ७ दिन निरन्तरता दिने भएको छ ।

कम्पनीका अनुसार भदौ २० देखि २६ गतेसम्म प्रभावित क्षेत्रमा निःशुल्क सेवा उपलब्ध हुनेछ । यसअघि भदौ १० गतेदेखि सुरु गरिएको निःशुल्क सेवाको अवधि थप गर्दै भदौ १९ गतेसम्म पुर्‍याइएको थियो ।

एनसेलका अनुसार बाढीका कारण अवरुद्ध भएका २७ मध्ये २५ वटा टावर पुनः सञ्चालनमा आएका छन् । यससँगै प्रभावित क्षेत्रका ९२ प्रतिशत टावर सञ्चालनमा आएका हुन् ।

रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एउटा टावर पूर्ण रूपमा नष्ट भएको छ भने उत्तरगया–तिरुको अर्को टावरमा आवश्यक उपकरण पुर्‍याएर सेवा सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताका अनुसार निःशुल्क सेवाले प्रभावितलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहतमा खटिएका टोलीलाई समन्वय गर्न सहयोग पुग्नेछ ।

यसअघि एनसेल फाउन्डेसनमार्फत कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया