काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ ।
मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका, २०८३’ जारी गरेको हो । जसमा सभापतिको उम्मेदवार बन्न ४० हजार शुल्क निर्धारण गरिएको छ ।
सभापतिमा उम्मेदवारी दिनका लागि महाधिवेशन प्रतिनिधिबाट १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ। त्यससँगै उम्मेदवारी दर्ता गर्दा ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
यस्तै, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ भने उपसभापति र केन्द्रीय महामन्त्रीका लागि उम्मेदवारका लागि सात जना प्रस्तावक र सात जना समर्थक हुनुपर्नेछ।
कुन पदका लागि कति शुल्क ?










