पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घटयो
- पुस १६, २०८१
- 0
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ ।
सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै डिजेलको मूल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५३ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ र अरु क्षेत्रमा १५० रुपैयाँ ५० पैसा पर्नेछ ।
0 प्रतिक्रिया
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध […]
नेपाल मुद्रा विप्रेषक संघमा रितेश मित्तलको नेतृत्वमा सर्वसम्मतले नया कार्य समिति चयन
नेपाल मुद्रा विप्रेषक संघले रितेश मित्तलको नेतृत्वमा सर्वसम्मतले नया कार्य समिति चयन गरेको छ । संघको १९औं वार्षिक साधारण सभाले […]
३ करोड लगानीमा बुढानिलकण्ठमा संचालनमा आयो सुविधासम्पन्न ‘काठमाडौं क्रिकेट एकेडेमी’
करिब ३ करोडको लगानीमा काठमाडौंको बुढानिलकण्ठस्थित चुनिखेलमा नेपालकै पहिलो सुविधासम्पन्न क्रिकेट एकेडेमीको सुरुवात भएको छ । युवा व्यवसायीद्धय सबिन कार्की […]
एमाले केन्द्रीय समिति बैठक : ओलीले पेश गरे ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)
नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको । पार्टी कार्यालय च्यासलमा आइतबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा […]
भक्तपुर क्यान्सर अस्पताल सरकारलाई हस्तान्तरण
स्वास्थ्य मन्त्री प्रदिप पौडेलले क्यान्सर रोगको उपचार नेपालमै सर्वसुलभ बनाउन सरकारले तयारी गरिरहेको बताएका छन । काभ्रेको बनेपामा आयोजित नेपाल […]