नेप्से परिसूचक ४.१९ अंकले बढ्यो
- पुस ११, २०८१
- 0
सेयर बजारको मापक नेप्से परिसूचक आज(विहीबार)४.१९ अंकले वृद्धि भएको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द भएको छ ।
विहीबार कुल ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको मूल्य स्थिर रह्यो । आज सेयर बजारमा ६१ हजार ८३९ पटकको किनबेचबाट पाँच अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कुल २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर किनबेच भएका छन् ।
सेयर बजारका १३ उपसमूहमध्ये आज चार उपसमूहमा वृद्धि भएको छ । बैकिङ, इन्भेष्टमेन्ट, लघुवित्त, र व्यापार उपसमूह बढेका छन् । यस्तै, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बिमा लगायतका उपसमूह भने घटेका छन् ।
0 प्रतिक्रिया
स्वदेशी वस्तुको प्रयोग वृद्धि र रुग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीको चासो
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रुग्ण उद्योगहरुको प्रभावकारी सञ्चालन र रोजगारीवृद्धिका विषयमा आज उद्योग, वाणिज्य तथा […]
त्रिवि दिक्षान्त समारोहको तयारी पूरा, १४ हजार बढी विद्यार्थी सहभागी हुने
त्रिभुवन विश्वविद्यालको ५० औं दिक्षान्त समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थीले प्रत्येक्ष सहभागी जनाउने भएका छन् । भोलि(शनिबार) […]
विद्युत विधेयकले निजी क्षेत्रलाई समेट्न नसकेको गुनासो
पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ताहरुसँग छलफल गरिएको छ । शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको […]
संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउछौँ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाइने बताएका छन् । शुक्रबार गृहमन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन […]
गाउँपालिका, नगरपालिका र जिससका प्रतिनिधिद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण
प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा […]