नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन बोलकबोल गर्ने
- पुस ९, २०८१
- 0

नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार यो निक्षेप संकलन १२ दिनको अवधिका लागि हुनेछ ।
यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन् । बोलकबोलका लागि न्यूनतम १० करोड र अधिकतम ५ करोडले भाग जाने गरी कुल ४० अर्ब रुपैयाँको रकमसम्म बोलकबोल गर्न सकिनेछ ।
बोलकबोल प्रक्रिया मध्यान्ह २ः०० बजेसम्म इलेक्ट्रोनिक प्रणालीमार्फत मात्र हुने बताइएको छ । निक्षेप संकलनका लागि बोलकबोल गर्दा ब्याजदर दशमलव पछाडिका चार अंकसम्म उल्लेख गर्नुपर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
यस प्रक्रियामा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइ बोल रकम बाँडफाँड गरिनेछ । समान ब्याजदर भएका अवस्थामा, आवश्यक परे लट प्रणालीमार्फत बाँडफाँड गरिने प्रावधान राखिएको छ ।
स्वीकृत बोलवालाको खाताबाट रकम झिकेर अलग्गै खाता खोलिने र निक्षेप रकम बैंकका निर्देशिकाबमोजिम मात्र प्रयोग गर्न पाइने छ । भुक्तानी मिति पुस २१ गते तय गरिएको छ ।
0 प्रतिक्रिया
सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सकिएको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शनिबार बिहान भएको वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएको हो। वार्तामा […]
कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार […]
शिक्षक आन्दोलन आज २५औँ दिन पनि जारी

सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंको सडककेन्द्रित आन्दोलनको आज २५ औँ दिन पनि आन्दोलन जारी गर्ने भएका छन् । शिक्षक महासङ्घका अध्यक्ष […]
आज नेकपा एमाले संसदीय दलको बैठक बस्दै

नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक […]
आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली रहने

हाल देशमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम […]