बढ्यो पेट्रोलको मूल्य
- मंसिर १५, २०८१
- 0
पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य लिटरमा एक रूपैयाँ बढाएको जानकारी दिएको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १५७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६० रूपैयाँ प्रतिलिटर पर्नेछ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]









