‘जुत्ता एक्सचेन्ज’ अफरसहित जावलाखेल चोकमा शोरुम खुल्यो, पुरानो जुत्तासँग नयाँ साट्ने सुनौलो अवसर

news-details

ललितपुरको जावलाखेल चोकमा ‘जुत्ता एक्सचेञ्ज’ को आकर्षक अफरसहित शोरुम संचालनमा आएको छ ।

विगत ७ वर्षदेखि पुतलीसडकस्थित पद्मोदयमोडमा लागिरहेको ‘पद्मोदय जुत्ता एक्सचेज मेला’को संचालन गरिरहेका मध्ये भेनस र स्मार्ट सुजका संचालक जीवन श्रेष्ठले जावलाखेल चोेकमा शोरुम संचालनमा ल्याएका हुन् ।

विशुद्ध नेपाली ब्राण्डका भेनस सुज र स्मार्ट सुजले लामो समयदेखि पद्मोदयमोडमा जुत्ता एक्सचेन्ज मेला सञ्चालन गरिरहेकोमा अवदेखि त्यही अफर जावलाखेल चोकमा खुलेको शोरुममा उपलब्ध गराउने जनाइएको छ ।

फुटमाण्डु सुजको आयोजनामा संचालनमा आएको एक्सचेन्ज अफरको शोरुममा नेपाली ब्राण्डका उच्च क्वालिटीका जुत्ता तथा चप्पलहरु राखिएको छ । त्यस्तै मेलाकै लागि भनेर १ हजारभन्दा बढी नयाँ र भर्खरै लन्च गरिएका डिजाइनका जुत्ताचप्पलहरु राखिएको आयोजक जीवन श्रेष्ठले जानकारी दिएका छन् ।

शोरुममा जस्तोसुकै पुरानो जुत्ताको मुल्यांकन ५ सय रुपैया तोकिने र थप २५ प्रतिशतसम्म छुटको व्यवस्थासहित आकर्षक अफर रहेको मेला आयोजक श्रेष्ठले जानकारी दिएका छन् ।

शोरुममा जस्तोसुकै पुरानो जुत्ताको मुल्यांकन ५ सय रुपैया तोकिने र थप २५ प्रतिशतसम्म छुटको व्यवस्थासहित आकर्षक अफर रहेको मेला आयोजक श्रेष्ठले जानकारी दिएका छन् ।

शोरुममा पार्टीसुज, क्याजुवल सुज, स्पोर्टस् सुज, स्कुल सुज, अफिस सुज, स्टिल सुज, स्निकर र महिला र पुरुषहरुका लागि आवश्यक चप्पलहरु समेत पाईने आयोजकको दावी छ ।

आफ्नो उत्पादन बिचौलियाको हातमा नपारी सीधै ग्राहकमाझ पु¥याउनका लागि मेला आयोजना गरेको बताउने आयोजक श्रेष्ठले जावलाखेलमा संचालनमा आएको एक्सचेञ्ज शोरुममा एक पटक भ्रमण गर्न र नेपाली उत्पादनका जुत्ताचप्पल प्रयोग गर्न अनुरोध गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *