रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले बढयो, असोजमा हालसम्मकै धेरै १ खर्ब ४४ अर्ब रेमिट्यान्स भित्रियो
- मंसिर ४, २०८१
- 0

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा भित्रिएको रेमिट्यान्स गत आवको सोही अवधिको तुलनामा ११.५ प्रतिशत बढी रहेको छ । अमेरिकी डलरमा तीन महिनामा ३ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । एक महिनामा भित्रिएको यो रेमिट्यान्स हालसम्मकै उच्च हो । यस्तै साउन र भदौमा कुल २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । साउन, भदौ र असोज महिनामा कुल ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ।
0 प्रतिक्रिया
सोमबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित

विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । अर्को बैठक भोलि (सोमबार) दिउँसो २ बजेका लागि बोलाइएको छ […]
निर्माणाधीन त्रिवि क्रिकेट रंगशालाको निरीक्षणमा पुगे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री […]
प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धि सम्झौता

प्रभु बैंक लिमिटेड र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । […]
प्रतिनिधिसभा बैठक आजै दोस्रो पटक सारियो, साढे ५ बजे बस्ने सूचना टाँस

प्रतिनिधिसभा बैठक सूचना टाँसेर आज दोस्रो पटक सारिएको छ । आज एक बजेका लागि बैठक बोलाइएकोमा बैठक बस्न नसकेपछि सवा […]
सदन खुलाउन काँग्रेस र माओवादी छलफलमा, आ–आफ्नै अडानका कारण जुटेन सहमति

संसदको गतिरोध अन्त्यका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको छलफलमा पनि सहमति जुट्न सकेन । छलफलमा दुवै […]