नेपालबाट पहिलोपटक बंगलादेशमा बिजुली निर्यात सुरु, आज ४० मेगावाट पठाइयो
- कार्तिक ३०, २०८१
- 0
नेपालबाट पहिलोपटक बंगलादेशमा बिजुली निर्यात गरिएको छ । नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा विद्युत् निर्यात भएको हो ।
यसअघि भारतमा मात्रै भइरहेको निर्यात बंगलादेशसम्म पुगेको हो । नेपालले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेको छ ।
भारतको मनोहर लाल खाट्टर, बंगलादेशका मोहमद फौजुल कवीर खान र नेपालका तर्फबाट दीपक खड्काले भर्चुअल रूपमा निर्यातको सुरुआत गरेका हुन् ।
नेपालले भारतीय ग्रिडको प्रयोग गरी यो वर्ष आज ४० मेगावाट विद्युत् पठाएको हो । नेपाल र बंगलादेशबीच जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता छ ।
नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ । बङ्गलादेशलाई बिजुली बेच्दा कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात भइ मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ ।
0 प्रतिक्रिया
अर्थतन्त्रलाई फाइदा पुग्नेगरी बैंकहरुले काम गरिरहेका छन् : गर्भनर
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकको रकम उत्पादित क्षेत्रमा लगाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाल बैंक लिमिटेडको ८८ औं […]
निर्वाचन आयोगको प्रवक्तामा अर्याल
निर्वाचन आयोगले सहसचिव नीता पोखरेल अर्याललाई नयाँ प्रवक्ता तोकेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगले अर्याललाई प्रवक्ताको जिम्मेवारी […]
एनपिएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्सबाट हुने
नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा नेपाल […]
सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै चुस्त-दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा […]
प्रधानमन्त्री पद छाड्दा कम्फर्टेवल र रिल्याक्स अनुभव गरेको छु : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री छाड्नुपर्दा कुनै चिन्ता र पीडा नभएको बताएका छन् । शुक्रबार नेपाल […]