नयाँघरेलाई साहित्य कलाश्री पुरस्कार
- फाल्गुन ३०, २०७९
- 0

साहित्य कला सङ्गम, दमकले ७ जना स्रष्टालाई पुरस्कृत गरेको छ । आगामी चैत २५ गते दमक, झापामा भव्य कार्यक्रमको आयोजना गरी लेखकहरुलाई सम्मान गरिने संस्थाद्वारा प्रेषित समाचारमा जनाइएको छ ।
भवानी मिश्र पुरस्कारबाट चुडामणि रेग्मी, प्रतिभा पौडेल, मुकुन्द प्रयास, हिक्मत नेम्बाङ, युद्धवीर राणा पुरस्कृत भएका छन् ।
त्यसैगरी साहित्य कलाश्री पुरस्कारबाट निबन्धकार–नियात्राकार युवराज नयाँघरेलाई पुरस्कृत गरिएको छ । त्यस्तै तुलसादेवी न्यौपाने स्मृति पुरस्कार गायक सीताराम ताजपुरियालाई दिइने घोषणा गरिएको छ ।
यी सबै पुरस्कारको राशि ३५ हजार नगद, सम्मान पत्र, स्मृति चिन्ह रहेको छ ।
साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेद्वारा प्रेषित विज्ञप्तिमा स्रष्टा छनौट गर्दा सबै उमेर, क्षेत्र, विधाका साधकहरु समेटिएको उल्लेख छ ।
0 प्रतिक्रिया
सभामुखले बोलाएको बैठकमा जुटेन सहमति, विपक्षीको अडान कायमै

सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतक र सचेतकसँग गरेको छलफल निष्कर्षविहीन भएको छ । संसद सुरू हुनुअघि संसदको […]
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासंघको सुुझाव प्रस्तुत

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न […]
संसदको अवरोध खुलाउन सभामुख र सचेतकहरूबीच छलफल

सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् । आज प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुखले […]
‘विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु’

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् […]
केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन, नेपाल–केन्या सम्बन्ध बढाउने प्रतिबद्धता

केन्याका महामहिम राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीले नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्य दूत चन्द्र टण्डनको उपस्थितिमा गत सोमबार राष्ट्रपति […]