नयाँघरेलाई साहित्य कलाश्री पुरस्कार
- फाल्गुन ३०, २०७९
- 0
साहित्य कला सङ्गम, दमकले ७ जना स्रष्टालाई पुरस्कृत गरेको छ । आगामी चैत २५ गते दमक, झापामा भव्य कार्यक्रमको आयोजना गरी लेखकहरुलाई सम्मान गरिने संस्थाद्वारा प्रेषित समाचारमा जनाइएको छ ।
भवानी मिश्र पुरस्कारबाट चुडामणि रेग्मी, प्रतिभा पौडेल, मुकुन्द प्रयास, हिक्मत नेम्बाङ, युद्धवीर राणा पुरस्कृत भएका छन् ।
त्यसैगरी साहित्य कलाश्री पुरस्कारबाट निबन्धकार–नियात्राकार युवराज नयाँघरेलाई पुरस्कृत गरिएको छ । त्यस्तै तुलसादेवी न्यौपाने स्मृति पुरस्कार गायक सीताराम ताजपुरियालाई दिइने घोषणा गरिएको छ ।
यी सबै पुरस्कारको राशि ३५ हजार नगद, सम्मान पत्र, स्मृति चिन्ह रहेको छ ।
साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेद्वारा प्रेषित विज्ञप्तिमा स्रष्टा छनौट गर्दा सबै उमेर, क्षेत्र, विधाका साधकहरु समेटिएको उल्लेख छ ।
0 प्रतिक्रिया
कांग्रेस महाधिवेशनमा ओली, प्रचण्ड र रवि लामिछानेलाई निम्तो

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूलाई निम्तो […]
दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात […]
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसका क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका […]
खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए

काठमाडौँ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । […]
एसियन गेम्स : समूह विजेता बन्दै नेपाल क्वाटरफाइनलमा

काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण रद्द […]










