तातोपानी नाका आजबाट पुन: संचालनमा, रसुवागढी नाका भने अझै अनिश्चित
- फाल्गुन १०, २०७७
- 0
एक सातादेखि बन्द रहेको तातोपानी नाका आजबाट पुन: संचालनमा आएको छ । चिनीयाँहरुको ल्होसार पर्वका कारण उक्त नाका माघ ३० गतेदेखि बन्द भएको थियो ।
अहिलेसम्म कोटा प्रणालीमा चीनबाट कन्टेनर भित्र्याइरहेकोमा अब भने कोटा प्रणाली पनि हटाइएको नाका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
गत वर्ष चीनबाट कोभिड–१९ फैलिएसँगै तातोपानी नाका लामो समय बन्द थियो । त्यसपछि खुलेको नाकाबाट कोटा प्रणालीमामात्र सामान नेपाल भित्रदा नेपालका व्यवसायी मार्कामा पर्दै आएका थिए ।
आज तातोपानी नाकाबाट ८ ओटा कन्टेनर सामान लिएर नेपाल आउँदै गरेको प्रमुख खत्रीले जानकारी दिए ।
यता माघ २९ गतेदेखि ल्होसार कै कारण बन्द रहेको रसुवागढी नाका भने अझै खुल्ने निश्चित भएको छैन् । चिनियाँ पक्षले यही मंगलबारदेखि नाका खुल्ने बताए पनि त्यसपछि थप सूचना नआएको रसुवागढी भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]









